0

हातमा बन्दुक बोक्दै किन न्यूयोर्क शहर घुमे नवाजुद्दीन ?

हातमा बन्दुक बोक्दै किन न्यूयोर्क शहर घुमे नवाजुद्दीन ?
Rate this post

Nawazuddin

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी अहिले अमेरिकामा छन्। उनी त्यहाँ भएपनि भारतमा झैं लुंगी लगाएर र हातमा बन्दुक बोकेर घुमिरहेका पाइएको समाचारमाध्यमले जनाएका छन्। एक अवार्ड कार्यक्रममा सहभागी हुन न्यूयोर्क पुगेका उनी लुंगी, चस्मा लगाएर एक हातमा बन्दुक र अर्कोमा एक बट्टा बोकेर त्यहाँको सडकमा निस्केका थिए।

भारतीय समाचारमाध्यमले उल्लेख गरेअनुसार उनको यो ‘लुक्स’ मा सबैको ध्यानाकर्षण भएको थियो। नवाज आफ्नो आगामी फिल्म ‘बाबूमोशाय बन्दुकबाज’ को ट्रेलरमा पनि यही लुक्समा पुगेका थिए। फिल्मको प्रचारको मौका नछाडी उनी न्यूयोर्कमा पनि यही हुलियामा घुमेका हुन्।

उनले यो भ्रमणमा आफ्ना फ्यानहरुसँग पनि समय विताए। उनी फ्यानसँग सेल्फी लिदैं र कुराकानी गर्दै हिँडका थिए। ‘बाबूमोशाय बन्दुकबाज’ को प्रचारका लागि नवाजले कुनै मौका छाडेका छैनन्। यसैको सुटिङ जारी छ। हालै रिलीज भएको श्रीदेवीको फिल्म ‘मम’ मा नवाजको अभिनय निकै मनपराइएको छ।