0

बिरामी भएको बहाना गरेर शाहरुखलाई धोका दिए कपिलले

बिरामी भएको बहाना गरेर शाहरुखलाई धोका दिए कपिलले
Rate this post
kapil sharma
कपिल शर्मा तनावका कारण विमारी भएकाले उनको शोको सुटिङ क्यान्सिल भएको खबर मिडियाहरुमा हालै आएको थियो । उक्त एपिसोड सुटिङका लागि अभिनेता शाहरुख खान र अनुष्का शर्मा सेटमा आइसकेका थिए ।

‘जब ह्यारी मेट सेजल’ को प्रमोसनका लागि आएका उनीहरु बिमारीका कारण कपिल आउन नसक्ने सुनेपछि निराश भएर फर्केका थिए । तर, अहिले अर्कै रहस्योद्घाटन भएको छ ।

वेबसाइटले लेखेको छ, ‘कोकिलाबेन अम्बानी हस्पिटलमा फोन गर्दा भनियो कि त्यहाँ कपिल शर्मा नामको कोही पनि उपचारका लागि त्यस दिन आएको छैन । यसैबीच एक सूत्रले वेबसाइटलाई भन्यो कि कपिल अहिले लोखन्डवालाको आफ्नो विल्डिङबाट निस्किएका छन् र जनरल स्टुडियोजतर्फ गइरहेका छन् ।

खोजी गर्दा कपिल साँच्चै नै त्यतिबेला स्टुडियोमा सुटिङ गरिरहेको भेटियो । यो सुटिङ अति महत्वपूर्ण भएकाले उनले शाहरुख र अनुष्कालाई धोका दिएका थिए ।’एउटा वेबसाइटले सप्रमाण यो खबर छापेको छ कि कपिल शर्मा बिरामी भएकै थिएनन् । उनले शाहरुख र अनुष्कालाई बिरामी भएको भनेर वेवकुफ मात्र बनाए । वेवसाइटका अनुसार बिरामी भएर कपिल हस्पिटल गएको समाचार झूटो सावित भएको छ । खासमा उनी त्यतिबेला एउटा स्टुडियोमा सुटिङ गरिरहेका थिए ।

कपिलको यो हर्कतलाई लिएर शाहरुखले कस्तो प्रतिक्रिया जनाउने हुन् हेर्न बाँकी छ ।