0

निकै रूचाइँदै ‘ब्ल्याक पिंक’

निकै रूचाइँदै ‘ब्ल्याक पिंक’
Rate this post

black pink

सर्वाधिक हेरिएको म्युजिक भिडियोमा साइको ‘गङनम स्टाइल…’ लाई विज खालिफाको ‘सी यु अगेन…’ ले उछिनेको समाचार अहिले दक्षिण कोरियामा व्यापक बनेको छ । र, यही बेला ‘ब्ल्याक पिंक’ को गीत ‘एज इफ इट्स योर लास्ट…’ को चर्चा पनि बबाल नै छ ।

चार सदस्यीय महिला ब्यान्डको उक्त गीत युट्युबमा हालेको तीन साताभित्रै ६१ मिलियन भ्युज बटुल्न सफल भएको छ । यति चाँडै यत्रो भ्युज पाउने पहिलो के(पप समूह बनेको छ, ब्ल्याक पिंक । रेग्गी शैलीको उक्त गीतबाट ब्यान्डले एकदमै नयाँ स्वाद दिएको स्थानीय संगीत समीक्षकहरूले बताएका छन् । केही दिनअघि ब्यान्ड मेम्बरहरूले आफूहरूसँग स्थापित लिडर (अगुवा) नभएको भन्दै खिन्नता प्रकट गरेको थियो । पावर एफएमको कार्यक्रममा ब्यान्ड सदस्यलाई उनीहरूको उमेर बताउन भनिएको थियो । तर, उनीहरूले जिसु सबैभन्दा जेठी अनि लिसा कान्छी भएको र आफूहरूबीच कोही लिडर नभएको बताएका थिए ।

ब्यान्डमा जेनी, लिसा, जिसु र रोजी आबद्ध छन् । उनीहरूले सन् २०१६ मा पहिलो एल्बम ‘स्क्वायर वान’ सार्वजनिक गरेका थिए । दक्षिण कोरियाली कम्पनी वाइजी इन्टरटेन्मेन्टले स्थापना गरेको यो ब्यान्डले छोटै समयमा लोभलाग्दो लोकप्रियता कमाइरहेको छ ।
एजेन्सी