0

नर्स रेणुका गीत लेखनसँगै गायन पेशामा रमाउँदै

नर्स रेणुका गीत लेखनसँगै गायन पेशामा रमाउँदै
Rate this post

renuka thapa

संगीत सुन्नु, गुनगुनाउनु र कविता लेख्नु रेणुका बाल्यकालीन सौख हुन् । बाल्यकालदेखि नै प्यासले नर्सिङ जस्तो ब्यस्त पेशामा रहँदा रहँदै पनि उनी अहिले संगीतमा रमाउन थालेकी छन् ।

उनको डान्सिङ प्याटनको क्लव सङ तिम्रो मायामा… को भिडियो केही दिन पहिले युट्युव मार्फत् सार्वजनिक भएको थियो । भिडियो युट्युवमा धेरैले हेरेका छन्, भने गीत डिजेहरुले समेत रुचाएका छन् ।

उक्त गीतमा शब्द, सङ्गीत, स्वर उनकै छ । भिडियोमा मोडल पनि उनी आफै बनेकी छन् । उनलाई गौरवजङ्ग राणाले अभिनयमा साथ दिएका छन् । भिडियो गम्भिर विष्टले निर्देशन गरेका हुन् ।

६ कक्षामा अध्ययन गर्दैदेखि आफुले गीत लेख्न थालेको उनले बताइन् । तीन वर्षदेखि संगीत सिक्दै रहेकी उनका तीन गीत सार्वजनिक भएका छन् ।

‘जानी नजानी नै कविता लेख्थेँ । गीत कसरी बनाउने हो भन्ने सोंच आउँथ्यो’ उनले भनिन् ‘भिज्दै जादा थाहा भयो ।’ उनी अहिले नर्सिङ पेशा र संगीतलाई सँगसँगै लैजाने सोचमा छिन् । नारायणगोपाल र अरुणा लामाका गीत विशेष रुचाउने उनको चर्चित गायिका बन्ने सोच पनि मनमा छ।