0

थप्पड हिर्काएको व्यक्तिलाई गोविन्दाले ८ लाख दिने

थप्पड हिर्काएको व्यक्तिलाई गोविन्दाले ८ लाख दिने
Rate this post

govinda

उच्च न्यायालयको आदेशपछि अभिनेता गोविन्दा ९ वर्षपछि एउटा व्यक्तिसँग बिना सर्त माफी माग्न तयार भएका छन्। र, उनी त्यो व्यक्तिलाई ८ लाख रुपैयाँ उपलब्ध गराउन पनि तयार भएका छन्।

सन् २००८ को १६ जनवरीमा उनले सन्तोष राय नामका व्यक्तिलाई थप्पड हिर्काएका थिए। यसविरुद्ध न्यायलयमा मुद्धा परेको थियो। गत साता उच्च न्यायालयले सम्झौताका लागि दुवै पक्षलाई कोर्टमा बोलाएपछि गोविन्दा थप्पड हिर्काएका व्यक्ति रायसँग माफीसहित ८ लाख दिन राजी भएका थिए।

यसअघि उच्च अदालतले गोविन्दासँग प्रश्न गरेको थियो, तपाई हिरो भएर अरुलाई थप्पड किन हिर्काउनु हुन्छ?

अदालतले वहसका क्रममा गोविन्दालाई रिल लाइफ र रियल लाइफको अन्तर खुट्याउन आग्रह गरेको थियो। ‘ठूलो हिरो हुनुहुन्छ। ठूलो हृदय पनि देखाउनु होस’, अदालतमा वहसका क्रममा यस्तो प्रतिक्रिया पाएपछि गोविन्दाको हृदय पग्लिएको बताइएको छ।