0

छविसँग यही वर्षको अन्तिममा बिहे गर्छुः शिल्पा पोखरेल

छविसँग यही वर्षको अन्तिममा बिहे गर्छुः शिल्पा पोखरेल
Rate this post

चर्चा छवि र शिल्पा विवाहको

अभिनेत्री शिल्पा पोखरेलले निर्देशक छवि ओझासँग यही वर्षको अन्त्यतिर बिहेको तयारी भएको बताएकी छन्।
पण्डितले बिहेको उत्तम साईत अहिलेसम्म ननिकालेकाले बिहेको मिति तय नभएको उनले सेतोपाटीलाई बताईन्।

उनले भनिन्, ‘हामी बिहेको तयारीमा छौं, तर उत्तम साईत नजुरेकोले बिवाहमा ढिलो भईरहेको छ। तर हामी यही वर्षको अन्तिमसम्म बिहे गर्ने मनस्थितिमा छौं।’

शिल्पाले छविसँगको सम्बन्धमा कुनै फाटो नआएको र परिवारकै सहमतिमा बिहेको तयारी भईहेको बताईन्।

फिल्म ‘लज्जा’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेकी शिल्पाको प्रेम सम्बन्ध पछिल्लो समय निर्देशक छवि ओझासँग रहेको सार्वजनिक भएको थियो।

नायिका रेखा थापासँग सम्बन्ध बिच्छेद गरेर शिल्पासँग जोडिएका छविले शिल्पासँग २ वटा फिल्म ‘हवल्दार सुन्तली’ र ‘किस्मत २’मा सँगै काम गरेका छन्।

यो जोडी आगामी फिल्म ‘मंगलम’ निर्माणको तयारीमा जुटेको छ।