0

अमेरिका पुगेर जीवनले गरे हिरासँग भिडियो

अमेरिका पुगेर जीवनले गरे हिरासँग भिडियो
Rate this post

jeevan luitel

चलचित्र अभिनय असफलतातिर ढल्किएपछि अमेरिका रोजेका अभिनेता जीवन लुइँटेलले अमेरिकामा पनि अभिनय जारी राखेका छन् ।

उनले ‘चोखो छ माया’ बोलको गीतमाथि बनेको म्युजिक भिडियो अमेरिकामै मोडलिङ गरेका छन् । भिडियोमा जीवनलाई उतै रहदै आएकी हिरा मैनालीले मोडलिङमा साथ दिएकी छन् ।

श्याम भट्टराइले निर्देशन गरेको भिडियोमा अमेरिकाको रमणिय दृश्यलाई कैद गरिएको छ ।

गीतमा आस्था राउतको स्वर, हरि लम्सालको संगीत, गोविन्द प्रसाद उपाध्यायको शब्द छ । भिडियोमा अनुप गिरीको छायांकन तथा सम्पादन छ । गीतमा एक यूवतीले एक यूवकप्रति देखाएको चोखो मायाको भावलाई व्यक्त गरिएको छ ।