0

अभिनेता कमल हसनमाथि मानहानीको आरोप

अभिनेता कमल हसनमाथि मानहानीको आरोप
Rate this post

kamal hassan

अभिनेता कमल हसनमाथि मानहानीको आरोप लागेको छ। कलम हसनलाई पुथिया तामिजहगम पार्टीको एक नेताले मानहानी मुद्दा दर्ता गराएको भारतीय सञ्चार माध्यम अमरउज्याला अनलाइनले जनाएको छ।

कमल हसन हिजोआज टीभी शो ‘बिग बोस’ सञ्चालन गरिरहेका छन्। यही शोमा सहभागी एक अभिनेताको माध्यमबाट बस्ती र झुपडीमा बस्नेहरुमाथि आपत्तिजनक टिप्पणी गरेको र बस्तीवासीको भावनामा चोट पुर्याइएको आरोप लगाउँदै कानुनी सूचना कमल हसनलाई पुर्याइएको हो।

पार्टीका संस्थापकका कृष्णासामीले सूचना पठाएको एक हप्ताभित्र माफि नमागे १६० करोड रुपैयाँ को क्षतिपुर्तिको लागि उच्च न्यायलयमा जाने चेतावनी दिएका छन्। उनले कमल हसन बाहेक अन्य कलाकारलाई पनि यस्तो सुचना पठाइएको बताएका छन्।